ज्वालामुखी ११ असार :भुकम्प प्रतिरोधी आवास निर्माणको लागी ज्वालामुखी गाउँपालिकाको ढोला नयाँ बस्तिमा सञ्चालन गरिएको डकर्मी तालिम आइतबार बाट सकिएको छ । भुकम्पबाट विस्थापित भई हाल ढोलाको नयाँ बस्तिमा बसेका भुकम्प प्रभावितहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले एक हप्ते तालिमको आयोजना गरिएको हो । भुकम्प पश्चातको लागी पुर्ननिमार्णमा सहयोग पुर्याउने र विस्थापित परिवारको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो । असार ५ गतेदेखी सुरु भएको तालिम आइतबार धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यक्रममा सहभागी डुप छिरीङ तामाङले आफुसँग भएको सिपबाट बनाइएका भवनहरु परम्परागत रहेको र तालिम पश्चात हासिल गरेको ज्ञान र सिपले अहिलेको परिवेशमा भुकम्प प्रतिरोघि र उपयोगी हुने बताउनुभयो । साथै पहिला सिकेको सिपले घर बनाएर झनै जोखीम बढ्ने बताउनुभयो । तालिमका अर्का सहभागी मन्जु तामाङले पुरुषहरुले मात्र डकर्मी काम गर्नुपर्छ भन्ने मान्यता रहिरहेको समयमा हामी महिलाहरुलाई समेत तालिममा सहभागी गराएर आफ्नो क्षमता बढाएको भन्दै खुसि हुनुभयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथी लिलाधर अधिकारीले सिकेको सिप व्यवहारमा लागुन गर्न अनुरोध गर्नुभयो । सिप भएको मानिस खालि हात बस्न नपर्ने भन्दै उहाँले पुर्ननिमार्णको कार्यलाई उक्त सिपले महत्वपुर्ण भुमिमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुयभो । कार्यक्रमको अवसरमा गरिबी निवारण कोष सोलुखुम्बुका कार्य प्रबन्धक उत्तम खड्काले कार्यक्रमको अनुगमनको सन्र्दभमा सहभागीहरुको बिचमा आउदा गरिबी निवारणले भुकम्पबाट क्षती भएको संरचना पुर्ननिमार्णको लागी लक्षित समुदायबाट तालिममा सहभागीता जनाई सिप प्रति उत्साह पुर्ण अभिव्यक्तिले कार्यक्रमको उद्धेश्य पुराहुने विश्वास बढाएको बताउनुभयो । सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले तालिमको सफलताको निम्ति सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै सिकेको सिपलाई व्यावहारमा लागु गर्न आग्रह गर्नुभयो । तालिम पश्चात सहभागीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रमापत्र वितरण गर्नुभएको थियो ।