कभर फोटो

खरीको सुख्खा डाँडामा पानी आएपछि जिल्लाभर छायो खुसीयाली

By धादिङ न्यूज

June 29, 2017

धादिङ-धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ साविकको खरी गाविसलाई  जिल्लाकै सुख्खा ठाउँमा हेरिन्छ  । बस्ति नजिकै पानीको मुहान नभएका कारण यहाँका वासिन्दालाई सँधैभरी पानीको समस्या रहँदै आएको छ ।

जहाँ इच्छा त्यहिँ उपाय भने जस्तै खरी गाविसका पुर्व अध्यक्ष रामहरी पोखरेलले कसैले कल्पना नगरेको काम गरेर सुख्खा डाँडामा पानीको छेलोखेलो पारिदिएका छन् ।खरीमा गरिएको परीक्षण पछि पानीको समस्या रहेका धादिङ जिल्लाका धेरै स्थानमा अहिले यो प्रविधिको वारेमा जनचासो बढेको छ । कसैले पनि पानी आउँ भनेर पत्याएका थिएनन, हामीले यो ठाउँमा पानीको श्रोत भेटिने विश्वासले काम शुरु गरेका थियौं । हामीले जुन विश्वासका साथ काम गरेको हो, त्यो पुरा भएपछि अहिले जिल्लाका धेरै ठाउँबाट पानीको श्रोत खोजिदिन स्थानीय निकायका जनप्रतिनिधिहरुले आग्रह गर्न थालेको  पोखरेलले वताउनु भयो ।पोखरेललाई भेटेपछि गल्छीगाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरीप्रसाद खतिवडालाई पनि आफ्नो वडाको खानेपानीको समस्या समाधान गर्न सकिने आत्मविश्वास मिलेको छ ।

ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनीबाट पानी निकालिएपछि गाउँवासीमा खुसियाली छाएको छ । पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताए । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनीबाट डिप बोरिङ गरी पानी निकालिएको थियो ।