हाम्रो पालिका

फर्म सुचिकृत गराउने सम्वन्धी सूचना

By धादिङ न्यूज

July 20, 2017

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ

फर्म सुचिकृत सम्वन्धमा । मितिः २०७४।०४।०५ प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । संस्थाको विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने सन्दर्भमा संस्थाको आर्थिक नियमावली अनुसार फर्महरु सुचिकृत गरी वार्षिक कारोवार गर्नुपर्ने भएकोले आ.व २०७४÷०७५ को लागी वार्षिक रुपमा काम गर्न इच्छुक रहेका स्टेशनरी,छापाखानाहरु ले यो सुचना प्रकाशित भएको ७ दिन भित्र संस्थाको कार्यालय ठेगाना मा वा इमेल मार्फत आफुले उपलब्ध गराउन सक्ने सामग्री वा सेवाहरु र त्यसको मुल्य सहित समावेश गराई निवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ । संलग्न गर्नुपर्ने कागजातहरु १) सम्वन्धित फर्म ले उपलब्ध गराउन सक्ने सामग्री वा सेवाहरु र त्यसको मुल्य विवरण २ं) फर्म दर्ता भएको प्रमाणपत्र । ३) कर चुक्ता प्रमाणपत्र । थप जानकारीका लागी चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ मुख्य कार्यालयः थाक्रे गाउँपालिका वडा नं ११ महादेववेशी,धादिङ सम्पर्क कार्यालयः निलकण्ठ न.पा वडा नं ३ सुगमटोल धादिङवेशी,धादिङ सम्पर्क नम्वरः ०१०–४१५०११,५२०४९३

इमेल :cirds1996@yahoo.com, cirds.sami@gmail.com