हाम्रो पालिका

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सम्मान तथा विदाई

By Dhadingnews.com

July 04, 2013

धादिङबेसी(धादिङन्युज)। धादिङवाट सरुवा भएर पोखरा क्षेत्रीय प्रशासन कार्यालय जानुभएका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सम्मान तथा विदाई गरेको छ । महासंघ जिल्ला शाखा धादिङको भवन निर्माणका लागि महत्वपुर्ण सहयोग पु¥याएको भन्दै खरेललाई सम्मान तथा बिदाई गरिएको हो । चौध महिना अघि धादिङको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका खरेल विहीवार धादिङवाट विदाई भएर जानुभएको हो । खरेलको विदाई तथा सम्मानका लागि महासंघले आयोजना गरेको कार्यक्रममा स्थानीय विकास अधिकारी रमेश न्यौपाने,कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी का साथै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रेशम पराजुली,सुर्य खडका र वडाबाबु झाको आतिथ्य रहेको थियो । महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम वर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पदाधिकारी एवम साधारण सदस्यहरु र जिल्लामा कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । महासंघको भवन निर्माणका लागि सरकारी स्वामित्वमा रहेको मुल्यवान जग्गा उपलव्ध गराएर आम पत्रकारहरुको हितका निम्ति सहयोग पु¥याएको भन्दै जिल्लाका संचारकर्मीहरुले खरेललाई फुलमाला, खादा र अविर लगाएर सम्मान एवम विदाई गरेका थिए । २०५८ सालमा धादिङको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरीसक्नुभएका खरेल २०६९ वैशाख १० गते प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको थियो ।बिदाइ भएर जिल्ला छोड्दै गर्दा समेत खरेलले नेपाल पत्रकार महासंघको भबन निर्माणका लागि ब्यक्तिगत रुपमा रु दश हजार नगद सहयोग प्रदान गर्नुभएको थियो ।