त्रिपुरासुन्दरी गाउँपालिका

आवाज अभियान नेपालको पाँचौ अधिबेसन सम्पन्न

By धादिङ न्यूज

August 06, 2017

धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्था आवाज अभियान नेपालको बाह्रौं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले केशव दुवाडीको अध्यक्षता मा नौ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा नवराज छत्कुली, सचिबमा कन्चन लामा, सहसचिबमा प्रसोदा थापा , कोषाध्यक्षमा दयाराम लम्साल, सदस्यहरुमा भागीरथी पौडेल, निसा थापा मगर, जानुका राना मगर र सबिता सुबेदी रहेका छन । संस्थाको सल्लाहकार समितिमा संयोजक शिवराज दुवाडी, सदस्य शान्ता रिजाल र सदस्यमा निरु लामा चयन भएका छन ।