कभर फोटो

कान्तिपुर दैनिकका धादिङ समाचारदाता राठौर दैलेखमा पुरस्कृत

By Dhading News

August 11, 2017

धादिङमा रहेर पत्रकारिता गर्दै आईरहनु भएका कान्तिपुर दैनिकका उप सम्पादक हरिहरसिंह राठौरलाई नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको  छ ।

पत्रकार डेकेन्द्रराज थापाको १३ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दैलेखले शुक्रबार राठौरलाई एक कार्यक्रमबीच डेकेन्द्र स्मृति पुरस्कार प्रदान गरेको हो ।

 स्वर्गीय पत्रकार थापा तत्कालीन माओवादी विद्रोहीद्धारा मारिएका थिए  । अपहरण पछि गरेको खोजतलासको पहल र हत्या पछि उठाईएका मुद्धा हरु,घटनाको  ३ बर्ष पछि लाश उत्खननमा नेपाल पत्रकार महासंघ र ईन्सेक संगको पहलमा डाक्टर हरिहर वस्ती लगायतका फोरेन्सिक विज्ञ ल्याउने क्रममा पत्रकार राठौरले निर्वाह गरेको  भुमिकाको सराहना गर्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले दैलेख वजारमा स्वर्गीय डेकेन्द्रको शालिक स्थापना र पहिलो डेकेन्द्र स्मृती पत्रकारिता पुरस्कार प्रदान प्रदान गरेको हो । द्वन्द्वको बेला  कान्तिपुर दैनिकले जिल्ला संवाददाताका रुपमा पत्रकार राठौरलाई दैलेखमा पठाएको थियो । दैलेख बजारमा खानेपानीको विवाद मिलाउने भन्दै छलफलका लागि भनेर वोलाई अपहरण गरि  २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरिएको थियो ।

 जुन बेला पत्रकार थापालाई नेकपा माओवादीले खानेपानीको बहाना बनाएर कव्जामा लिई अपहरण पश्चात हत्या गरेको थियो । अपहरणमा गरिसकेपछि खोजतलासको पहल राठौर नेतृत्वमा गरिएको थियो । थापा अपहरण परेको ३ वर्षपछि शव उत्खनन् गरिएको थियो ।