कभर फोटो

धादिङमा बस दुर्घटना ५४ घाइते,एकको मृत्यु

By धादिङ न्यूज

October 10, 2017

केशव अधिकारी धादिङ,२४ असोज : धादिङको सदरमुकाम नजीकै मंगलबार दिउँसो भएको बस दुर्घटनामा ५४ यात्रु घाईते भएका छन । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गंगागजमुना गाँउपालीका–३ बस्ने होम बहादुर घले भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका घलेलाई थप उपचारका लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घाईते मध्ये २३ जनालाई उपचारका लागी काठमाण्डौ ट्रमा सेन्टर लगिएको छ भने भने भन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा नै उपचार भई रहेको छ ।

उत्तरी धादिङको गंगाजमुना गाँउपालीका स्थित गुम्दीबाट धादिङको सदरमुकामतर्फ आउदै गरेको बा ३ ख ४७८ नम्वरको यात्रु बाहक बस नीलकण्ठ नगरपालीका–१२ कुमाल गाउँ भन्ने स्थानमा सडकबाट खेतमा खसेर दुर्घटना भएको हो । ग्रामीण सडकमा क्षमता भन्द धेरै यात्रु बोकेर आएको उक्त बस बिच बाटोमा विग्रिएपछि समयमै गन्तव्यमा पुग्न निकै गतिमा गुडेको कारण मोडमा अनियन्त्रित भएर दुर्घटना हुन पुगेको घाईतेहरुले वताए । सदरमुकामबाट ५ मिनेटको दुरीमा रहेको साङकोष तिप्लिङ सडक खण्डको कुमाल गाउँमा दुर्घटना भएपछि स्थानीयबासी, सदरमुकामबाट गएको रेडक्रसकर्मी, नेपाल प्रहरी लगायतले तत्काल उद्धाार गरि सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उद्धारमा खटिएका धादिङका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो ।

गम्भीर घाइते भएकामध्ये ७ जनालाई थप उपचारका लागि काठमाण्डौ स्थित ट्रमा सेन्टरमा रिफर गरिएकोमा एक जनाको बिच वाटोमै ज्यान गएको हो । जिल्ला अस्पतालमा विरामीको चाप निकै रहिरहेको बेला एक्कासी ठूलो संख्यामा घाईतेहरु जिल्ला अस्पतालमा लगिंदा अस्पताल प्रशासनलाई घाईतेहरुको उपचारको व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । तिहारको लागि किनमेल गर्न र भुकम्पप्रभावितको दोश्रो किस्ताको रकम लिन सदरमुकाम आएका यात्रुहरुले खचाखच भरिएको यात्रुबस ग्रामीण सडकमा अत्याधिक गतिमा गुडेको यात्रुहरुको भनाई छ । अत्याधिक गतिमा रहेका कारण मोडबाट बस खेतमा खसेको घाइते जित बहादुर घलेले बताउनुभयो ।