कभर फोटो

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

By धादिङ न्यूज

October 27, 2017

धादिङ १० कात्तिक – त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार दुवैजनाको ज्यान गएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा काठमाण्डौ त्रिपुरेश्वर निवासी वर्ष २३ का शलिन तुलाधर र काठमाण्डौ बबरमहल निवासी २२ वर्र्षीय रामेश्वर सिलवाल रहेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । ट्रिपर चालक र ट्रिपरलाई ईलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ भने शब पेष्टमार्टका लागी काठमाण्डौ शिक्षण अस्पताल महाराजगन्ज पठाईएको प्रहरीले जनाएको छ ।