कभर फोटो

एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते

By धादिङ न्यूज

November 15, 2017

 धुनिबेशी नगरपालिका वडानम्बर ७ मा पर्ने तोप्लाङमा घरदैलो अभियान सकेर मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लड्दा  घाईते हुनु भएको पाण्डेका स्वकिय सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो । टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसेमा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा साँझ ५ बजे देखी उपचार सुरु भएको छ ।