ब्रेकिङ समाचार

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

By धादिङ न्यूज

November 19, 2017

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि त्रिपाठीलाई लक्षित गरि धादिङको थाक्रे गाउँपालिकामा एम्बुस बिस्फोट गरिएको छ ।

मतदाता भेटघाट गर्न जाँदै गर्दा थाक्रे गाउँपालिका–५ दामेचोरमा एम्बुस पड्किएको त्रिपाठीले जानकारी दिए ।

घटनापछि कार्यक्रमस्थलमा सुरक्षाकर्मी परिचालन गरिएकोप्रहरीले जनाएको छ । त्रिपाठी बाम गठबन्धनका उम्मेदवार हुन्। घटनामा कुनै पनि ठुलो क्षति भने भएको छैन ।