????????????????????????????????????

कभर फोटो

उत्तरी धादिङका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइने

By धादिङ न्यूज

November 26, 2017

धादिङ १० मंसिर,–धादिङको उत्तरी भेगमा पर्ने अति विकटका मतदान केन्द्रहरुबाट ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम ल्याईने भएको छ । आईतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उत्तरी भेगका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताउनु भयो ।

सडक सञ्जालले नछोएको जिल्लाकै सबैभन्दा विकटमा रहेको रुविभ्याली गाउँपालिकाका मतदानकेन्द्र र सदरमुकामदेखि टाढा रहेका मोटरवाटो नपुगेका अन्य मतदानकेन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनु भयो । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम लानेक्रम चलिरहेको छ ।