सञ्चार/ प्रविधि

नराखौं यस्ता पासवर्ड

By Dhadingnews.com

July 05, 2013

पासवर्ड मोबाइल फोन, इमेल, वेबसाइट, ब्लग, फेसबुक अनि घरको वाइफाइ कनेक्सन, एटीएमकार्ड लगायत अनेकन दैनिक प्रयोगका उपकरण र सेवामा प्रयोग हुने गोप्य शब्द चाबी हो पासवर्ड। डिजिटल सुरक्षाको यो शब्दसँग हामी सबै परिचित छौं। तर पनि हामी मध्ये निक्कै कम मात्र यसको सही प्रयोगबाट सुरक्षित भएका हौंला। नत्र इमेल, फेसबुकका एकाउन्ट हृयाक हुने थिएनन्। न त छिमेकीले नै तपाइँको वाइफाइ प्रयोग गरेर इन्टरनेट चलाउने थिए। पासवर्डको सुरक्षामा ध्यान नदिने तपाइँ हामी आम मानिसको मात्र होइन ठूला ठूला कम्पनीहरुका समेत डिजिटल खाताहरु हृयाक भएका छन्। केही समय अगाडि मात्र सामाजिस सञ्जाल फेसबुकका लाखौं एकाउन्टका पासवर्ड हृयाक भएको थियो। त्यसो त जुलियस असान्जले अमेरिकी सरकारको केबल नै हृयाक गरेका थिए।

विभिन्न हृयाकर समुह, आतंकवादी समुहले दैनिक रुपमा नै विभिन्न सरकारी निकाय तथा आम मानिसको इमेल, फेसबुक तथा अन्य डिजिटल खाताहरु हृयाक गर्ने कोसिस गरिरहेका हुन्छन्। यसबाट उनीहरुलाई विभिन्न प्रकारका डाटा प्राप्त हुन्छन्। आम मानिसका एकाउन्टबाट चोरी भएका डाटाहरु विभिन्न व्यवसायिक फर्म तथा रिर्सच एजेन्सीलाई बेचिन्छ। जसले तपाइँ हाम्रा गोप्यता भंग हुन्छ। त्यसो त इमेल एकाउन्ट हृयाक भएको खण्डमा धेरै सम्पर्क र स्रोतहरु गुमाउनुपर्ने समेत हुन्छ। त्यसैले पासवर्ड छनौट गर्दा विशेष ध्यान दिनु आवश्यक भइसकेको छ। विश्वभर मानिसहरुको प्रयोग र छनौटको आधारमा विभिन्न शब्दहरु यस्ता छन् जसलाई धेरै मानिसले पासवर्डको रुपमा प्रयोग गरिरहेका थिए र छन्। सामान्यत इन्टरनेट चलाउने तथा इमेल, फेसबुक लगायतका सेवा लिनेहरुले छनौट गर्ने गरेका यी  पासवर्ड नराख्न अनलाइन अनुसन्धान तथा सुरक्षा एजेन्सीहरुले सुझाव दिएका छन्। साथै फरक फरक एकाउन्टका लागि पासवर्ड पनि फरक राख्न सुझाव दिइएको छ।

1.123456 2. password

3. iloveyou

4. iamtheboss

5. princess

6. rockyou

7. qwerty

8. monkey

9. girlfriend

10. abc 123

11. computer

12. access

13. dateofbirth

14. mobile number

1 5. captain

(दूरसंचार डट कम बाट)