कभर फोटो

कडा सुरक्षाको वीच धादिङमा मत गणना शुरु (फोटो फिचर सहित)

By धादिङ न्यूज

December 07, 2017

धादिङबेसी,२१ मंसिर । मंसिर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना मंसिर २१ गते सांझ ६ वजेबाट सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक सुरु गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नंम्बर १ को मतगणना जिल्ला भू–संरक्षण कार्यालयको हलमा र क्षेत्र नंम्बर २ को मत गणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा भईरहेको छ । मतगणना ५ वजेबाट शुरु हुने भनिएपनि साँझ ६ बजेबाट मात्रै सुरु भएको थियो । मतगणना स्थलमा तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ । उम्मेदवार र दलका प्रतिनिधिलाई तारजाली भित्र प्रवेश गर्न दिईएको छैन । प्रत्येक केन्द्रमा १२ जनाका दरले मतगणना स्थलमा ४८ जना कर्मचारी खटिएका छन । धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मतदान गरेका थिए ।

प्रतिनिधि सभा क्षेत्र नं १ — जम्मा मतदाता : १,१८,१५० खसेको : ७९,४२३

प्रदेश सभा १ (क) — जम्मा मतदाता : ४५,४५८ खसेको : ४३,५६४

प्रदेश सभा २ (ख) — जम्मा मतदाता : ५२,६९२ खसेको : ३५,८५९

प्रतिनिधि सभा क्षेत्र नं २ — जम्मा मतदाता : १,१५,३५५ खसेको : ७६,९५०

प्रदेश सभा १ (क) — जम्मा मतदाता : ६१,११८ खसेको : ४१,३४३

प्रदेश सभा २ (ख) — जम्मा मतदाता : ५४,२३७ खसेको : ३५,६०७