कभर फोटो

स्थानीय तहको आम्दानी बढाउन खोला र वगर कौडी भाउमा ठेक्का

By धादिङ न्यूज

January 11, 2018

बेनीघाट(धादिङ) — स्थानीय तहले आन्तरिक आयश्रोतका रुपमा नदी र खोलाका बगरलाई मुख्य आधार बनाएपछि सार्वजनिक स्थल कव्जा गरेर धन कमाउनेहरुको होडवाजी शुरु भएको छ । नदी किनारका स्थानीय तहहरुले आन्तरिक स्रोत बढाउने नाममा नदीका बगर बेच्ने होडवाजी चलेको इकान्तिपुरमा खबर छ ।   हालसम्म कुनैपनि स्थानीय तहले नदी किनारलाई आन्तरिक आर्थिक स्रोतको हिस्सा नमाने पनि  स्थानीय निकायको निर्वाचन लगत्तै नदी किनारासँग जोडिएका स्थानीय तहहरुले नदी किनारका बगर ठेक्का लगाउने क्रम बढेको छ ।