कभर फोटो

माघे संक्रान्तिमा धादिङ, नुवाकोट र रसुवामा गोरु जुधाईने

By धादिङ न्यूज

January 13, 2018

यस वर्षको माघे संक्रान्तिमा गोरु जुधाइने भएको छ। धादिङको ,धुवाँकोट, खाल्टे, नुवाकोटको तारुका,रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावती    गोरु जुधाउन लागिएको हो ।

धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला प्रदशनी हुने भएको छ ।गत वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम गरेको भँङ्गेरी युवा समाज धुवाँकोटले यस वर्ष पनि  नीलकण्ठ नगरपालिका वर्डा नम्बर १४ को आयोजा तथा सहआयोजक भँङ्गेरी युवा समाज धुवाँकोटले गोरु जुधाइ तथा कृषि मेला प्रदशनी गर्न लागेको हो ।धादिङको खाल्टेमा पनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता हुन लागेको वताईएको छ । खाल्टेमा ३ बर्ष देखि नियमित रुपमा गोरु जुधाई प्रतियोगिता हुंदै आईरहेको छ ।