मुख्य समाचार

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

By धादिङ न्यूज

January 15, 2018

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

गत पौष २८ गते शुक्रबार सम्पन्न भएको कार्यक्रममा कक्षा ९ र १० का करिब ८५ जना विद्यार्थीहरु एबम शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको सो कार्यक्रममा सडक दुर्घटना र यसका कारणहरु एबम दुर्घटना न्यूनीकरणमा सडक प्रयोगकर्ता र विभिन्न निकायहरुको भूमिका एबम ट्राफिक नियमको बारेमा चर्चा भएको थियो । कार्यक्रममा सुरक्षित र दिगो यात्रा नेपालका प्रदिप नेपालले सस्थाको बारेमा जानकारी एबम कार्यक्रमको उदेश्य प्रकाश पार्दै सडक दुर्घटनाका कारणहरु र न्यूनीकरणका उपायहरु लगायत सडक प्रयोगकर्ताका भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो । नेपालको सन्दर्भमा सडक दुर्घटनाको स्थिती चित्रण गर्दै उहाँले ट्राफिक नियम पालना गर्दा हुने फाइदा र नियम उलंघन गर्दा हुनसक्ने खतराहरुको बारेमा सचेत गराउनु भयो। त्यस्तै उहाँले बिद्यालय तह बाट नै ट्राफिक नियम र सडक सुरक्षाका उपायहरुका बारेमा आफू जानकार भएर नियम पालना गर्दै अरुलाई पनि सिकाउनका लागि विद्यार्थीहरुसङ्ग आग्रह गर्नुभयो। त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक नवीन खनालले यस्ता कार्यक्रमको बिद्यालय स्तरमा दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भुमिका रहेको भन्दै सुरक्षित र दिगो यात्रा नेपाललाई धन्यवाद र शुभकामना दिनुभयो । काठमाडौमा विविध कार्यक्रम गर्दै आएको सुरक्षित र दिगो यात्रा नेपालले अब काठमाडौ बाहिर पनि जनचेतना फैलाउने लक्ष्यका साथ अगाडी बढ्दै विभिन्न जिल्लाहरुमा बिद्यालय तथा अन्य तहहरुमा सडक सुरक्षा सम्बन्धी विविध कार्यक्रम, सेमिनार तथा गोष्ठी आयोजना गर्ने सस्थाका अध्यक्ष हेमन्त तिवारीले बताउनु भयो।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।