कभर फोटो

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

By धादिङ न्यूज

January 16, 2018

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया प्रस्तुत गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया किङ सागर एस वाईबाको धमाकेदार प्रस्तुति रहेको थियो ।कार्यक्रममा नवगायिका अरुणा रुम्वा, गायक सन्जोक योन्जनका साथै न्यूयोर्कमा रहेका स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

वाईबाले दुई दर्जन भन्दा धेरै म्हेन्दोमाया र सेलो गित गाउँदै प्रवासमा रहेका नेपाली दर्शकलाई गाउँबस्तिको झल्को संगै भरपुर मनोरन्जन दिएका थिए । गायक सागर यसपछि क्यालिफोर्निया र टेक्ससको कार्यक्रम सम्पन्न गरेर जापान जाने छन् ।

तामाङ समुदायका आस लाग्दा प्रतिभा वाइवाले अहिलेसम्म डेढ दर्जन एल्बम बजारमा ल्याई सकेका छन् । सानैदेखि गाउँका मेलापाता, जात्रा र पर्वहरूमा गीत सुनेको भरमा सांगीतिक यात्रामा लागेका थिए । सांगीतिक क्षेत्रमा आफनो पाइला चालेका उनले ‘साइकल कोरोरो’ एल्बमले पश्चिमी तामाङ समुदाय माझ लोकप्रिय भएका हुन् । त्यसपछि उनले ‘सप्तङ स्योङ’, ‘पाटा म्हेन्दो’, ‘चच्चाराङी’, ‘सेमा ओस ओस’, ‘सेम्चे माया लो’, ‘खनै गोम्बो’, ‘नोरक्यङ पिस्कुले’ लगायत ढेड दर्जन एल्बम निकालेका छन् भने तामाङ फिल्म ‘डोम्बो’, ‘टङजिम बोर्जी’ लगायतमा संगीत दिएका छन् ।

गएको १५ बर्ष देखि निरन्तर म्हेन्दोमाया गित संगितको संरक्षणमा लागेका गायक सागरले अहिले सम्म डेढ दर्जन जति एल्वम वजारमा ल्याईसकेका छन ।जनवरी १४ तारिखका दिन ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा सम्पन्न भएको कार्यक्रममा गायक वाइवाले म्हेन्दोमाया, सेलो तथा आधुनिक गीतहरु प्रस्तुति दिएका थिए ।  दक्षिण कोरिया, दुबई, कुबेत, कतार, युरोपका विभिन्न मुलुकहरुमा आफनो सांगीतिक कोशेली प्रस्तुति दिइसकेका गायक वाइवा पहिलोपटक अमेरिका  पुगेका हुन ।

 

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् ।

तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।