अनलाइन / पत्रपत्रिकाबाट

कृषि बिकाश बैंक गजुरीका ऋण अधिकृत शेर्पाको सवारी साधनको ठक्करबाट मृत्यु

By धादिङ न्यूज

February 13, 2018

कृषि बिकाश बैंक गजुरी धादिङका ऋण अधिकृत फुरनाम्गले शेर्पाको अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको छ । सोमवार बिहान घरबाट कार्यालय गजुरीतर्फ जाने क्रममा सातदोवाटोमा बस चढन आएका शेर्पाको थसीखेलस्थित मुल सडकमा अज्ञात सवारी साधनले ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो ।

बिहान साढे ५ बजे भएको सो घटनामा अहिलेसम्म प्रहरीले कुनै पनि सवारी साधन पक्राउ गर्न सकेको छैन । लामो समयसम्म एएटा सरकारी अधिकृतको हत्या गरी फरार सवारी साधन खोज्नेतर्फप्हरी नलागेपछि हत्या गरी फरार सवारी साधन तत्काल खोजी न्याय दिलाउन दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेश सभा १ का सांसद बिशाल खडका प्रहरी कार्यालय पुगेका छन ।

दोलखाको जिरी नगरपालिका २ स्यामा निवासी शेर्पाको हत्या गर्ने सवारी साधन खोज्न दुवै नेताले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐनदेखि सातदोवाटो प्रहरीका प्रमुखलाई आग्रह गरेका छन । तर प्रहरीले अहिलेसम्म अनुसन्धान जारी रहेको बताए पनि सवारी साधन पत्ता लगाउन सकेको छैन । बाटोमा हिर्काएर भागेको सवारी फेला पर्न नसक्दा मृतकको सवसमेत अस्पतालबाट उठन सकेको छैन ।

अहिले शेर्पाको शव पाटन अस्पतालमा रहेको छ । एमाले नेता गुरुङ र माओवादी नेता खडकाले तत्काल ज्यान मारेर भाग्ने सवारी पत्ता लगाएर कार्वाही गर्न माग गरेका छन ।