प्रदेश

नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित

By धादिङ न्यूज

March 04, 2018

बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिए भने ब्रिएन भिट्टोरीले २ विकेट आफ्नो नाममा लेखाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोड्यो।  आइतबार भएको खेलमा जिम्बावेका लागि २ ब्याट्सम्यानले शतक प्रहार गरे। सिकान्दर राजाले १ सय २३ रन जोडे। उनले ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। सिकन्दरले ब्रेन्डर टेलरसँग पाँचौ विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए। टेलरले पनि शतक प्रहार गरे। उनले ९१ बलमा १०० रन जोडे। आक्रमक सुरुवात गरेको जिम्बावेले ७ ओभरमै ७७ रन जोडेको थियो। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ८ ओभरको पहिलो बलमा

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। कप्तान पारसले ५ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन्। जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भए। ललितले क्राइग इर्भिनलाई ४२ रनमा आउट गरे।