कभर फोटो

गोगनपानीमा गुणस्तरीय शिक्षाका बिषयमा छलफल

By धादिङ न्यूज

March 07, 2018

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त शैक्षिक वाताबरण निर्माण गर्न गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको गोगनपानी आधारभूत बिद्यालय र बिद्यार्थीको सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत आयोजना गरिएको  बुधवार बिद्यालयमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि गर्नु पर्ने बिषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा शिक्षाको अधिकार सम्वन्धि सरकारी निति,प्रावधान र कार्यान्वयनको अवस्थाका बिषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधि,शिक्षक, वालअधिकार चेतना समूहका प्रतिनिधिका साथै बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने बिषयबस्तुका वारेमा बिष्णु सिलवालले सहजिकरण गर्नु भएको थियो ।