अनलाइन / पत्रपत्रिकाबाट

साहिसक जलयात्राको गन्तव्य ‘ त्रिशूली नदी ‘अझै संकटमा

By धादिङ न्यूज

March 17, 2018

केशव अधिकारी

केह दिन यता त्रिशूली नदी कन्चन भएर बग्न थालेको छ । झण्डै एक दशक पछि त्रिश्ुली नदीमा सफा पानी बग्न थालेपछि नदीको संरक्षणका निम्ति सक्रिय सरोकारवालाहरु खुसी देखिएका छन । कतिपयले भने त्रिशूलीको पानी धमिलो वनाउन देशको ठुलो शक्ति सmित्रय रहेकाले नदीको सुन्दरता धेरै दिन टिक्न नसक्ने आशंका व्यक्त गर्न थालेका छन । त्रिशूली नदीको संरचनानै वदलिने गरी नदीमा भएको अतिक्रमण र प्रदुषणको चपेटा रोकथामकालागि त्रिशूली बचाउ अभियान अभियानका मुख्य अभियन्ता मध्ये जगन्नाथ नेपाल जिल्ला समन्वय समिति धादिङको प्रमुख भएपछि धेरैले त्रिशूली नदीको अस्तित्व जोगिने आश गरेका थिए । एक दशक अघि शुरु भएको त्रिशूली बचाउ अभियानमा मुख्य अभियन्ता जिल्ला विकास समिति धादिङका पुर्व उपसभापति उत्तमराज कँडेल हुनुहुन्छ ।

धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा वाताबरणीय हिसावले निकै महत्वपूर्ण रहेको त्रिशूली नदी बचाउन कँडेलले एक दशक अघि देखि धादिङ, नुवाकोट, र काठमाण्डौंका विभिन्न स्थानमा पुगेर शुरुवात गरेको अभियानलाई अहिले बृहद वनाई संचालन गरिंदै आएको छ । त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवन लगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

त्रिशूलीको जलयात्राबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो ।नदी नभएका देशहरूले र्र्याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई र्र्याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि र्र्याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो ।

नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो ।

नेपालमा सन् १९६८ बाट साहसिक जलयात्रा शुरू भएको हो । त्यो बेला न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले नेपालमा साहसिक जलयात्राको शुरुआत गरेका थिए । त्यसपछि सन् १९७५ मा सरकारले साहसिक जलयात्राका लागि भन्दै विभिन्न १० ओटा नदीलाई स्वीकृति प्रदान गरेको थियो । सन् १९७५ पूर्व विदेशीहरूले मात्र व्यक्तिगत मनोरञ्जनका लागि र्‍याफ्टिङको उपयोग गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा साहसिक जलयात्रा व्यावसायिक रूपले शुरू भएको पनि सन् १९७५ मा त्रिशूली नदी बाट नै हो । लामो समयसम्म रुग्ण अवस्थामा रहेको र्‍याफ्टिङ व्यवसाय ‘नेपाल भ्रमण वर्ष१९९८’ सँगै विकासित हुन थालेको हो ।

रबरबाट बनेको डुङ्गामा बसेर नदीको बहावसँगै बग्दै जाने प्रक्रियालाई सामान्य अर्थमा र्‍याफ्टिङ भनिन्छ । र्‍याफ्टिङ साहसिक खेल पर्यटन व्यवसाय हो ।साहसिक जलयात्रा जोखिमयुक्त खेल पर्यटन हो । जोखिम न्यूनीकरणका लागि विभिन्न आधुनिक प्रविधि र तरीका अवलम्बन गर्न थालिएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । र्‍याफ्टिङ जलमा आधारित पर्यटन व्यवसाय पनि हो । साहसिक जलयात्राका लागि नेपालमा करीब १ हजार रिभरगाइड छन् । आकस्मिक उद्धारका लागि रिभरगाइडसँगै विभिन्न किसिमका प्रविधिको सहायताले जोखिम व्यवस्थापन गरिँदै आएको व्यवसायीहरू बताउँछन् । नेपालमा साहासिक जलयात्रामा हालसम्म छिटफुट घटनावाहेक गम्भीर प्रकृतिका दर्ुघटना भएका छैनन् । यसकारण पनि नेपालका नदीहरू र्‍याफ्टिङका लागि उपयुक्त मानिन्छन् ।

र्‍याफ्टिङ व्यवसायका लागि एउटा कम्पनी सञ्चालन गर्न न्यूनतम १५ लाख रुपैयाँ लगानी आवश्यक छ । ‘जलयात्रा नियमावली २०६३’ मा र्‍याफ्टिङ कम्पनी सञ्चालनमा ल्याउन न्यूनतम दुईओटा डुङ्गा हुनुपर्ने प्रावधान छ । हालसम्म र्‍याफ्टिङ व्यवसायमा करीब १ अर्ब रुपैयाँ लगानी भइसकेको अनुमान छ । अहिले पुराना एजेन्सीहरूले लगानी थप्दै गएका छन् । त्यस्तै, नयाँ एजेन्सी थपिने क्रम पनि बढ्दै गएको छ । १ सय ओटा कम्पनी मात्र हाल सञ्चालित छन् । र्‍याफ्टिङ व्यवसायका लागि छुट्टयाएका नदीमा प्रदूषण बढ्दै गएको छ । नदीकिनारमा विस्तार हुँदै गएको मानवबस्तीले प्रदूषण बढाएको छ । नेपालका प्रायः सबै राजमार्ग नदीका किनारबाट लगिएका छन् । मानवबस्तीबाट निस्किने मलमूत्रका ढल पनि नदीमा पठाइने गरिएको छ । त्यस्तै, त्रिशूली र भोटेकोशी नदीकिनारमा बालुवाखानी सञ्चालन भएका छन् । यसले नदी वर्षभरि धमिलो हुने गरेको छ । यी सबैको प्रत्यक्ष असर र्‍याफ्टिङ व्यवसायमा परेको छ ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को संयोजनमा पर्यटन क्षेसँग संबन्धित १२ भन्दा बढी सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधि साथै सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिहरु पनि नदी सरसफाइमा सहभागी भएका थिए ।