कभर फोटो

दुर्घटनामा घाईते प्रिन्सिपल ओझाको उपचार ग्राण्डीमा हुंदै, अबस्था खतरामुक्त

By धादिङ न्यूज

April 18, 2018

मंगलबार नुवाकोट जिल्लाको कोल्पुटारमा भएको दुर्घटनामा परि घाईते हुनु भएका दि राईजिङ भिलेज आवासीय बोर्डिङ स्कुल बैरेनीका प्रिन्सिपल नवराज ओझाको उपचार ग्राण्डी अस्पतालमा भईरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले दिएको जानकारी अनुसार ओझाको अवस्था खतरामुक्त रहेको उहाँका आफन्तहरुले वताएका छन् ।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारमा मंगलबार बेलुकीपख टिपरले ठक्कर दिंदा ओझा घाईते हुनु भएको हो । ओझा संगै यात्रा गरिरहेका भैरबी आधारभूत बिद्यालय गल्छी –१, पारिलाछापका प्रधानाध्यापक हरिप्रसाद खतिवडाको भने घटनास्थलमानै ज्यान गएको थियो ।

गल्छीबाट देवीघाटतर्फ जांदै गरेको बा २ क ४००८ नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ८६ प ९५२० नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ का शिक्षक  खतिवडाको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।