कभर फोटो

जलेश्वरी माविमा खाजा कार्यक्रम

By धादिङ न्यूज

May 04, 2018

 

धादिङ- सिद्धलेक गांउपालिकाको वडा नं. ४ सलाङघाट स्थित जलेश्वरी माध्यमिक विद्यालयमा खाजा कार्यक्रमको शुभारम्भ भएको छ । विहिवार सिद्धलेक गांउपालिकाको वडा नं. ४ का वडाध्यक्ष रामहरी वराकोटि र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्त वहादुर थापा मगर द्धयले विद्यार्थीहरुलाई पौष्टीक युक्त खाजा खुवायर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उक्त कार्यक्रम नलाङ पात्ले मा.वि. नलाङका प्रधानाध्यापक अमृत गरुङको पहल र फादर अल्फारो नलाङ पात्ले स्पेनको आर्थिक सहयोगमा शुभारम्भ भएको हो । अवदेखी विद्यालयको नर्सरी देखि कक्षा ५ सम्मका १ सय ४२ जना विद्यार्थीहरुले सातामा २ दिन हलुवा २ दिन चना केराउ र २ दिन मिश्रित जाउलो लगायत पौष्टीक युक्त दिवा खाजा खान पाउने भएको विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालले जानकारी दिनुभयो ।