धादिङ , ६ जेठ । नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र एकिकरण भएर निर्माण भएकाे नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा धादिङ जिल्लावाट स्थायी समितिमा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष पुष्प कडेल पर्न सफल भएका छन ।
त्यसैगरी केन्द्रीय समितिमा राजेन्द्र पाण्डे , गगाँलाल तुलाधर, खेम लाेहाेनी, वलराम वास्काेटा र पुष्पविक्रम मल्ल पर्न सफल भएका छन । कडेँल , पाण्डे, लाेहाेनी र तुलाधर पूर्व एमालेबाट हुन भने मल्ल पूर्व माअाेवादी केन्द्रबाट हुन ।
नेकपा एमालेले अाफ्नाे भागमा परेकाे २४१ सदस्यकाे अन्तिम नामावली तयार पारिसकेकाे छ भने नेकपा माअाेवादी केन्द्रकाे भागमा परेकाे २०० जना मध्य ८६ जनाकाे नामलाइ अन्तिम रुप दिएकाे छ , अन्तिम रुप दिएकाे ८६ जनामा पुष्पविक्रम मल्ल परेका हुन ।