कभर फोटो

सिद्धलेक गाउँपालिकाले सांकेतिक भाषाको तालिम संचालन गर्ने

By धादिङ न्यूज

June 21, 2018

धादिङ , ७ असार -सिद्धलेक गाउँपालिकाले जिल्लामा पहिलो पटक अपांगताभएकाहरुको अधिकार स्थपनाका लागि गाउँपालिकामा अपांग डेस्क राखेर अधिकार ग्यारेन्टी गर्ने भएको छ । गाउँपालिकामा रहेका बहिरा (बोल्न सुन्न नसक्नेहरु) का लागि गाउँपालिकाले गाउँपालिका तथा समूदायमा उनिहरुले सबै क्रियाकलापहरुमा सहज बनाउन सरकार अभिभावक भएकोले सांकेतिक भाषाको तालिम संचालन गरि संवृद्धिका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष प्रेमनाग थ सिलवालले बताउनुभएको छ । बिहिबार सिद्धलेक गाउँपालिका वडा न.ं ७ पिपलटारमा अपांगता भएकाहरुका लागि कार्यरत परिलक्षित नामक संस्थाको सामाजिक लेखापरिक्षणको अबसरमा यस्तो प्रतिवद्धता गर्दै यहि गाउँपरिषदबाट यो प्रावधान लागुगर्ने बताउनुभएको हो । अपाङ्गता भएकाहरुको लागि धादिङ जिल्लामा संचालन गरेको छात्रवृत्ति र अपांगता भएकाकरुको शशक्तिकरण कार्यक्रमबारे समूदाय स्तरमै सामाजिक लेखापरिक्षण गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अपाङ्गता भएकाहरुका लागि गाउँपालिकाले टोल स्तरबाट योजना छनौट गर्दा नै उनिको अधिकारका लागि ध्यान दिने र अपांगता भएकाकरुको आयआर्जन, शशक्तिकरण र पहुँच पुर्याउन योजनाहरु निर्माण गरि कार्यान्वयन गरिने गाउँपालिकाले जानकारी दिएको छ । जिल्लामै पहिलो पटक गाउँपालिकाले गाउँपालिका भित्रका अपांगता भएकाहरुका लागि गाउँपालिकाले खरिद गरि सहायक सामाग्री वितरण गरेको गाउँपालिका प्रशाशकिय अधिकृत लक्ष्मण भट्टराइले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, राष्ट्रिय अपांग महासंघका गुणराज खतिवडा, बहिरा महासंघका रामप्रसाद अधिकारी लगायतले गाउँपालिकामा भित्रका अपांगता भएकाहरुलाई अधिकारका लागि लागिरहन आग्रह गरेका थिए । मानवअधिकारकर्मी सीताराम अधिकारीले सामाजिक लेखापरिक्षकको रुपमा सहजीकरण गर्नुभएको थियो ।