अनलाइन / पत्रपत्रिकाबाट

सिद्लेक गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

By धादिङ न्यूज

June 25, 2018

 

देशमा लोकतान्त्रिक, गणतन्त्र स्थापन संगै सविधान सभावाट नेपालको संविधान २०७२ जारि भैसकेको छ । यस संविधानले जातिय, क्षेत्रिय, भाषिक, धार्मिक लैगिक विभेद र सवै प्रकारका जातिय छुवाछुतको अत्य गरि आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी समान वितरण प्रणाली आधारित र सहभागिता मूलक सिद्बान्तका आधारभूत समानतामुलक समाजको निर्माणको परिकल्पना गरेको छ । स्थानिय तह निर्वाचन पश्चात नेपाल सरकार वाट मिति २०७४/०८/१० गते संघिय संसद र प्रदेश संसदको निर्वाचन गरि तिनै तहको निर्वाचन सम्पन्न गरि सरकार गठन भै सकेको छ । सोही अनुरुप तिनै तहका सरकारवाट आ-आफनो कार्य संचालन भैरहेको यस पावन अवसरमा जनतावाट निर्वाचित सरकार वाट जनचाहाना अनुरुप जनसमुदायले चाहे अनुसार जननिर्वाचित प्रतिनिधीहरु द्धारा जनहितको लागी समयमै कार्य सम्पन्न भई देशको विकासको फड्को मार्नेछ । यसका साथै जननिर्वाचित प्रतिनिधी सामू २०७२ को विनाशकारी भुकम्पवाट क्षेती हुन गएका घर टहराको पुन निर्माण कार्य ढिलाईले तिव्रता लिन सकेको छैन । साथै सयौको संख्यामा घरहरु लाभग्राहिको सुचीवाट छुटिरहेको अवस्था छ । पुन निर्माण भएका घरहरुको पनि दोश्रो र तेश्रो किस्ता प्राप्तीमा ढिलासुस्ती भैरहेको छ । यस अवस्थामा पालिका भित्र भुकम्पवाट घर क्षती भै लाभग्राहीमा नाम छुटेका घर निर्माण भई दोश्रो र तेश्रो किस्ता पाउन ढिला भएका लाभग्राहीहरु पहिचान गरि यथासिघ्र समस्या समाधान गर्न विशेष पहल गर्ने छौ ।

मिति २०७४ /०३/३१ गते पहिलो गाउँ सभा सम्पन्न पश्चात मिति २०७४/१२/२९ गते दोश्रो गाउँ सभा सम्पन्न गर्दा सम्म सिद्बलेक गाउँपालिकाले २१ वटा ऐन, नियम ,कार्यविधी, निर्देशिका वनाई सिद्धलेक गाउँपालिकाको पहिचान स्थापित गर्न सकेका छौ । तापनी यतिले मात्र जनताको चाहाना र हाम्रो अपेक्षा पुरा हुने होईन । गाउँपालिकाको सस्थागत संरचना निर्माण गर्न र वाँकी रहेका ऐन, नियम, कानून, निति, निर्देशिका निर्माण गर्न गाउँपालिका तत्पर रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।

आदरणीय अध्यक्ष ज्यू मानुभावहरु प्रभावकारी योजनाहरुलाई व्यवस्थित रुपमा विकास गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भएकोले संविधानले परिकल्पना गरे अनुरुप कार्यकारी अधिकार न्यायिक अधिकार व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिए अनुरुप आज हामीहरु यस गाउँपालिकाको तेश्रो गाउँ सभामा उपस्थित भएका छौ । संविधानले दिएको अधिकार प्रयोग गरि यस तेश्रो गाउँ सभामा आगामी आर्थिक वर्षमा संचालन गरिने निति, नियम, ऐन, निर्देशिका, वजेट तथा कार्यक्रम कर र गैरकर राजश्वको दर निर्धारण गर्न प्रस्तुत निति तथा कार्यक्रमले सहज प्रदान गरि यसै चालु सभावाट वजेट तथा कार्यक्रम स्वीकृत गरि कार्यान्वयन गर्न गईरहेका छौ ।

योजना तर्जुमा प्रक्रयालाई जनसहभागिताको माध्यमवाट अगाडि वढाउन वस्ती टोल इलाका विभिन्न संघ संस्थाहरुवाट माग र सुझाव भई आय अनुसार निति योजना कार्यक्रमहरु हामी जनप्रतिनिधीको हैसियतले यस सिद्धलेक गाउँपालिकाको तर्फवाट दोश्रो पटक प्रस्तुत गर्न पाउँदा हामीमा गौरवको अनुभूती भएको छ । गत गाउँ सभामा प्रस्तुत भएका नीति, तथा कार्यक्रमहरु सम्पन्न गर्न सकेका छैनौ । नीति नियम, ऐन आदीको नमुना कानून संघिय सरकार वाट उपलत्र्ध समयमा हुन नसकेको कारण हामीले दिएको वचन पूरा गर्न सकेनौ । यस सिद्धलेक गाउँपालिका विकासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र भित्रका अल्पसंख्यक तथा पछाडी परेका वर्ग तथा समुदायलाई विकासको मूलधारमा ल्याई विकास निर्माण प्रक्रियामा अगाडी ल्याउन कृर्षी क्षेत्र व्यवसायीकरण, विविधिकरण सहित आधुनिकिकरण गरि उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गरि रोजगारी सृजना गर्ने सुशासन प्रवर्द्धन गरी सेवा प्रवाह प्रभावकारीता कायम गर्ने पर्यटन क्षेत्र लाई आज जनजिवनको अभिन्न अंगको रुपमा विकास गर्न प्रर्वद्धन गर्न सामाजिक विकास लाई कृर्षी पर्यटन संग आवद्धता गरी संस्थागत विकासको प्रतिफल हासिल गर्ने जस्ता चुनौती हाम्रो रहेको छ । यी चुनौतीका वावजुद पनी यस गाउँपालिकाले २१ वटा ऐन, नियम, निर्देशिका ,नियमावली , कार्यविधी यहाँहरु माझ ल्याई सकेका छौ । यसका साथै वडा १,४ र ७ वडा कार्यालय भवन निर्माण सम्पन्न पश्चात वडा कार्यालयवाट काम सम्पादन भैरहेको छ । वडा नं. ५ को वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा छ । गाउँ कार्यपालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको, शिक्षाको तालिम केन्द्र अन्तिम चरणमा पुगी सकेको छ । वडा नं २ र ३ को लागी जग्गा व्यवस्थापन गरिएको छ । यसका साथै वुङचुङ मैदान सडक स्तर उन्नती भै नियमित रुपमा वस संचालनमा छ,  वैरेनी पिपलनलाङ ठाँटी कमलावारी मैदान सडकमा दैनिक यातायात संचालनमा रहेको र परेवाटार कूम्पूर भञ्ज्याङ वागवच्छला कालीदह सडक स्तर उन्नती गरी आ.व ०७५/०७६ मा यातायात सेवा संचालन गरिने नीति लिइने छ । यसका साथै मूलावारी ,काम्राङ, डुमीडाँडा, कोटडाँडा, ढल्केपिपल डिप वोरिङ सम्पन्न गरि पानी निकाल्ने कार्य भैसकेको छ ।

माथी उल्लेखित चुनौतीका वावजुद यस गाउँपालिका भित्रका क्रियाशिल राजनैतिक दलहरुको सहयोग सहमतीमा गाउँपालिकाको गुरुयोजना निर्माणाधिन चरणमा रहेको छ । यसको लागी राजनितिक दल, वुद्धिजिवी, संघ संस्था, दलित, जनजाती ,अपाङ्ग, शिक्षक समाजसेवी र अन्य समुदायको सुझावको आधारमा यहाँहरु समक्ष आगामी आ.व ०७५/०७६ को नीती तथा कार्यक्रमहरु प्रस्तुत गर्न अनुमती चाहन्छु ।

 सिद्बलेक गाउँपालिकाको आ.व ०७५/०७६ को लागि प्रस्तावित निति तथा कार्यक्रम 

पूर्वाधार विकास निति

वातावरण तथा विपद् व्यवस्थापन नीति

अध्यक्ष ज्यू

अन्त्यमा माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न वजेट विनियोजन गरि कार्यक्रम संचालन गरिनेछ । यि नीति तथा कार्यक्रमको लागी बजेट यस सभाको अर्को सत्रमा प्रस्तुत गरिने छ । यस नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग गर्नुहुने सवै मानुभावहरुलाई धन्यवाद दिन चाहन्छु । साथै हाम्रो निमन्त्रणालाई स्विकार गरि पाल्नु हुने प्रमुख अतिथि श्रीमान जिल्ला अधिकारी ज्यू, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि ज्यूहरु, कर्मचारी मित्रहरु, निर्वाचित जनप्रतिनिधि साथिहरु र सम्पूर्ण गाउँपालिका वासीहरुमा धन्यवाद एंव आभार व्यक्त गर्दछु ।

                                                                                   कमला शर्मा

                                                                                      उपाध्यक्ष

                                                                             सिद्धलेक गाउँपालिका धादिङ ।

मिति २०७५ असार १० गते