गल्छी गाउँपालिका

दि राईजिङ भिलेजबाट एसइइमा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीलाई सम्मान

By धादिङ न्यूज

July 03, 2018

बैरेनी–दि राईजिङ भिलेज इङलिस वोर्डिङ स्कुल बैरेनीले यस बर्षको प्रवेशिका परीक्षामा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका सह सचिव जंगबहादुर अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल नवराज ओझाले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस बर्षको प्रवेशिकाको परीक्षामा बिद्यालयबाट ३.६५ देखि ४.०० जिपिए हासिल गर्ने बिद्यार्थी १६ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अर्यालले दि राईजिङ भिलेज बिद्यालयको प्रगति उत्कृष्ठ रहेको र आगामी दिनमा पनि यस्ले निरन्तरता पाउनु पर्ने वताउनु भएको थियो । कार्यक्रममा प्रवेशिकामा बिशिष्ठता हासिल गर्ने बिद्यार्थी र विभिन्न विधामा उत्कृष्ठ शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।