अनलाइन / पत्रपत्रिकाबाट

धादिङ र चितवनमा दुर्घटना ८ जनाको मृत्यु

By धादिङ न्यूज

July 27, 2018

धादिङ, ११ साउन – धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पृथ्वीराजमार्गको जहरेखेत नजिकै नीजि कार त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ भने २ जनालाई उद्दार गरिएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार २५ मिटर तल त्रिशूली नदीमा खस्दा कास्की जिल्ला पोखरा वैदाम घर भएका ५१ वर्षका मधुसुदन सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाईते भएको प्रहरीले जनाएको छ ।