अनलाइन / पत्रपत्रिकाबाट

त्रिपुरासुन्दरीको छापथोकमा पहिरोले ३ घरमा क्षति

By धादिङ न्यूज

August 17, 2018

धादिङ १भदौ  –  धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ४ को छापथोकमा गए राती पहिरो जाँदा पुनर्निर्माण हुँदै गरेका ३ वटा घरमा क्षतिपुगेको छ । अविरल बर्षापछि शुक्रवार विहान २ः३० बजेतिर गाउँमाथिबाट झरेको पहिरोले नयाँ घरमा क्षति पुगेको हो । तीनवटै घरमा मानिस नबसेकाले मानवीय क्षति नभएको स्थानीय लालबहादुर आलेले बताए । आलेका अनुसार पहिरोबाट स्थानीय देवबहादुर राना मगर, टिकाबहादुर आले र पालबहादुर आलेको बन्दै गरेको घर पूर्ण रुपमा क्षतिपुगेको छ । गाउँमाथिको ग्रामीण सडकबाट खसेको पहिरोले १ सय मिटर भन्दा धेरै क्षेत्रमा असर पु¥याएको छ भने सो वरपरको क्षेत्रमा पनि जोखिम बढाएको छ । पहिरोबाट अन्दाजी ८ रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली समेत नष्ट पारेको आलेले बताए ।