कभर फोटो

निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम

By धादिङ न्यूज

November 04, 2018

थाक्रे-धादिङ जिल्लाको थाक्रे गाऊँपालिका वडा नः ६,७,८ र ११ र गल्छी गाऊँपालिकाको वडा नः ८ मा निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम संचालन गरिएको छ । साविकको गोगनपानी गाविसका पर्ने अहिलेको थांक्रे र गल्छी गाउँपालिकामा संचालित लैगिंक शसक्तिकरण परियोजना अन्र्तगत सो तालिम दिईएको हो । तालिममा सामुदायिक समूहका अगुवा , वडा तथा पालिका स्तरिय महिला सञ्जालका अगुवा , संबन्धित वडावाट निर्वाचित वडा सदस्यहरुको सहभागीता रहेको थियो । तालिम कार्तिक १६ र १७ गते संचालन गरिएको थियो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको आयोजना , यूएमएन धादिङको सहयोगमा संचालित परियोजनाको तर्फवाट आयोजित कार्यक्रममा अधिवक्ता राधिका सापकोटा, सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगाएतले कानुनी व्यवस्था, स्थानिय विकासमा भएका योजना र उक्त योजनाको कार्यन्वयनमा महिला नेतृत्वको औचित्यको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको समापनमा जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी,थाक्रे वडा नः ११ वडा अध्यक्ष रवि प्रकास ओझा, र गल्छी गाऊँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले सामुहिक छलफलवाट निकालिएको निश्कर्षले समाजिक विकासमा योगदान पुग्ने भएकोले पालिकाको तर्फवाट आवश्यक प्रथामिकता दिई काम गर्न सक्षम रहेकोले स्थानिय समस्याको उजागर गर्न अगुवा महिलाहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नु भएको थियो । कार्यक्रममा थाक्रे महिला सञ्जाल अध्यक्ष यशोदा विडारी, निर्वाचित महिला सदस्यको तर्फवाट सुशिला सुवेदी , वडा सञ्जाल तर्फवाट निर्मला लामिछाने ,समुह अगुवा सरिता तामाङ ले २ दिनको वसाईवाट समुदायको रुपान्तरणमा योगदान गर्न आत्मवल वढाएको ले आगामी दिनमा अझै सामुदायिक विकासमा महिलाको भुमिका स्थापित गर्न यो तालिम प्रभावकारी रहेको विचार राख्नु भएको थियो ।