कभर फोटो

सिर्डस धादिङमा कर्मचारी आवश्यकता भएको सम्बन्धी सूचना

By धादिङ न्यूज

November 29, 2018

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ

कर्मचारी आवश्यकता प्रकाशित मिति : २०७५/०८/०९

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा समाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण , क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार संस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी कार्यन्वयन गरिरहेको एक गैर नाफा मुलक समाजिक संस्था हो । यसै सन्र्दभमा संस्था र युएमएन धादिङ्ग क्लष्टर संगको साझेदारीमा यहि १ जनवरी २०१९ देखी ३१ डिसेम्बर २०२१ सम्म ३ वर्षे बाल संरक्षण परियोजना थाक्रे गाउपालिकाको विभिन्न विद्मालयहरुमा संचालन हुन गइरहेको छ । यस परियोजनाको लागी तपशिलमा उल्लेखितका कर्मचारीहरुको आवश्यकता रहेकोले योग्यता र अनुभव भएका नेपाली नागरीक वाट आवश्यक कागजात सहित निवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।

विज्ञापनः ०१/०७५/०७६ पदः सामाजिक परिचालक र बाल संरक्षण अधिकृत आवश्यक संख्याः १ (एक जना) न्युनतम शैक्षिक योग्यताः स्नातक तह उर्तिण गरेको । आवश्यक अनुभवः कम्तिमा ३ वर्ष सामाजिक क्षेत्रमा काम गरेको । प्रतिवेदन लेखन शैली भएको । प्रिजेनटेशन गर्न सक्ने शैली भएको र कम्युटर सम्बन्धि ज्ञान भएको । परीक्षाको किसिमः लिखित,अन्तरवार्ता र प्रयोगात्मक ( स्थानीय निवेदकलाई प्राथमिकता दिइनेछ )

बिज्ञापन नः २/०७५/०७६ पद : समाजिक परिचालक आवश्यक संख्या :१ (एक) न्यूनतम शैक्षिक योग्यता : कम्तिमा प्रविणता प्रमाणपत्र तह, कक्षा १२ उर्तिण गरेको । आवश्यक अनुभव ः कम्तिमा २ वर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गरेको । कम्युटरमा आधारभुत ज्ञान भएको । ( स्थानीय निवेदकलाई प्राथमिकता दिइनेछ ) परीक्षाको किसिमः लिखित र मौखिक

निवेदन दिने अन्तिम मितिः २०७५ मंसिर १५ गते सम्म उक्त दिन शनिवार परेकमा त्यसको भोलिपल्ट कार्यालय समयमा तोकिएको पदमा आवेदन दिनका लागी आफुले हाशिल गरेको शैक्षिक योग्यता प्रमाण पत्र ,नागरीकता ,अनुभव प्रमाणित हुने कागजात सहित संस्थाको मुख्य कार्यालय रहेको थाक्रे गाउँपालिका ११,महादेववेशी मा आवेदन दिन सकिनेछ । वा ईमेलवाट पनि निवेदन दिन सकिने छ । प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र परीक्षामा सहभागी गराईनेछ । छनौट गर्ने अन्तिम अधिकार छनौट समितिमा निहित रहनेछ । थप जानकारीका लागि : सम्पर्क नम्वरः ०१०–४१५०११, ईमेल  : gokarna.cirds@gmail.com टेलिफोन वा अन्य प्रकारका प्रभाव पार्न खोज्ने लाई परीक्षाको अवसर उपलब्ध गराउन समिति वाध्य हुनेछैन ।