कभर फोटो

आर्दश माध्यमिक विद्यालय गजुरीले मनायो ५१ औं स्थापना दिवस

By धादिङ न्यूज

December 21, 2018

गजुरी-  धादिङ जिल्लाकै पुरानो बिद्यालय मध्येमा पर्ने आर्दश माध्यामिक विद्यालय गजुरीले ५१ औं स्थापना दिवस मनाएको छ । बिद्यालय स्थापना दिवसको अवसर पारेर नयाँ भवनको उद्घाटन तथा अभिभावक भेला पनि सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीवजारमा रहेको आर्दश माध्यमिक विद्यालयमा विहीवार आयोजित कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले बिद्यालयको नयाँ ८ कोठे पक्कि भवनको उद्घाटन गर्नु भएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगासागर नेपालको अध्यक्षतामा भएको बिद्यालय स्थापना दिवस तथा अभिभावक भेलालाई गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत लगायतले सम्वोधन गर्नु भएको थियो ।

बिद्यालयको नयाँ भवनको उद्घाटन गर्दै जिल्लाकै पुरानो बिद्यालयलाई आर्दश विद्यालय बनाउन लागि पर्ने सक्दो सहयोग गर्ने सांसद त्रिपाठीले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । भवनको निर्माण राष्ट्रिय पुर्न निर्माण प्राधिकरण अन्र्तगत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले गरेको हो । आफुँ पनि यहि बिद्यालयमा पढेर अहिलेको स्थानमा पुगेको स्मरण गर्दै सांसद त्रिपाठीले भन्नुभयो ‘म यस बिद्यालयको लागि अवश्य केही नमूना काम गर्छु, यो मेरो कर्तव्इ पनि हो’ शिक्षाको बिकासले मात्रै नै मानवको बिकास हुने र संवृद्धि प्राप्त हुने भएकोले गुणस्तरीय शिक्षाका लागि सबै लागि पर्नुपर्ने सांसद त्रिपाठीको आग्रह थियो ।