रोजगारी/समृद्धि

जूनमा जग्मगाऊन्

By Dhadingnews.com

July 24, 2013

बद्रीप्रसाद  दाहाल अध्यक्ष—ः धादिङ  सिर्जना प्रतिष्ठान

मधुकर मह  भर्दै , गुन्गुनाएर  नाचे । सुमन  वनखुलाई , बैंस  पोखेर  हॉसे ।। चिरविर  सुर  छर्दै , भुर्भुराएभ‘गेरा । धवलितझरनामा , घुर्घुराए  परेवा ।। १।।

तरुगृह  मधुमोही , पाउला   रङ्गदार । पुलकिततनलाली , पोतिएकाअपार ।। गजल र  कवितामा , गाजलू  नाच्नथालिन् । नयन– नयनजुध्दा , अङ्ग  नै  भॉच्नलागिन् ।।२।।

हलचल  मनपार्दै , घुम्न  थाल्यो  अनङ्ग । कुच– कटि  कविताका , नाभि  पार्छन्  झसङ्ग ।। मधुरिमलय  दिन्छन् , छिन्छिनाई  चुरीले । वदनउजिलिए  छन् , जाइ– चम्पा– जुईले ।।३।।

ललित  रसितगाला , रेशमी — केश  लामा । नयन – डिल  खुलेका , क्वैलीकामुग्ध— गाना ।। चुलबुल  मन  पार्दै ,   वैजयन्तीफुलेछन् । गजलर  कवितामा , मोह– मायाझुलेछन् ।।४।।

चरम  नरम  तिम्रा , अङ्ग– प्रत्यङ्गकान्ता । नयनभरि  सजाई , राख्छु  मेरी  जयन्ता ।। शुभ  मन  रस  बोली , कर्ममा  छम्छमाऊन् । नव– दिन सृजनाका , जूनमाजग्मगाऊन् ।। ५।। समाप्तम्