मुख्य समाचार

प्रगतिशिल लेखक सङ्घ धादिङमा नयाँ नेतृत्व

By धादिङ न्यूज

March 16, 2019

०२ चैत २०७५

धादिङ

प्रगतिशिल लेखक सङ्घ धादिङको प्रथम जिल्ला अधिवेशनले रमेश अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले समितिका संयोजक अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा केशव दुवाडी, सचिवमा विष्णुप्रसाद कोइराला, कोषाध्यक्षमा सिर्जना अर्याल र सदस्यहरुमा शैलेन्द्र अधिकारी, सञ्जय देवकोटा, प्रकाश सापकोटा, भुवन थापा, इच्छुक अनिच्छुक, गोविन्द बुढाथोकी, गायत्री खतिवडा, हरि सुनार र सरस्वती पाण्डे रहनुभएको छ । वामपन्थी लेखकहरुको साझा मोर्चा प्रलेस यही चैतको तेस्रो साता ११ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । सङ्घका केन्द्रीय सचिव प्रकाश सिलवालको उपस्थितिमा सम्पन्न अधिवेशनको बन्द सत्रले जिल्लाको प्रगतिशील साहित्यिक आन्दोलन र गतिविधिलाई थप क्रियाशील तुल्याउन जोड दिएको छ ।

सचिव सिलवालले प्रगतिशील लेखकहरुले सामन्तवाद र साम्रज्यवादविरोधी संस्कृतिका विरुद्ध लेखन र कर्मका माध्यमबाट सामाजिक रुपान्तरणका तथा कम्युनिष्ट एकताका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शाखाको सल्लाहकारमा उत्तम कँडेल, शालिकराम अर्याल, नवराज छतकुली र राधिका सापकोटालाई चयन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।