घटना /दुर्घटना/ अपराध

मलेशियन नागरिकको कुटाईबाट मैदीका मर्कुस तामाङको मृत्यु

By धादिङ न्यूज

March 27, 2019

धादिङ, १३ चैत्र । बैदेशिक रोजगारीका लागि मलेसिया गएका धादिङका एक युवकको मलेशियन नागरिकको कुटाईबाट मृत्यु भएको छ । धादिङको ज्वालामुखि २ मैदी काफलपानी घर भएका का मर्कुस तामाङको मलेसियामा मृत्यु भएको हो ।

तामाङ ५ वर्षअघि देखि रोजगारीको सिलसिलामा मलेशियामा रहँदै आएका थिए । तामाङलाई शुक्रबार राती मलेशियन नागरिकले निर्घात कुटपीट गरि घाईते बनाएको त्यहाँ रहेका नेपालीहरुले वताएका छन् । कुटपीटपछि घाइते भएका तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मार्फत नजिकैको अस्पतालमा पु¥याएपनि उपचारको क्रममा उनको निधन भएको वताईएको छ । मर्कुुसको मृत्यु भएको पुष्टि भएपनि घटनाको थप बिबरण भने अझै आउन बाँकी रहेको छ ।