अनलाइन / पत्रपत्रिकाबाट

साझा यातायात लाग्यो ओरालो,१ करोड ७८ लाख घाटामा

By धादिङ न्यूज

April 07, 2019

साझा यातायातले आर्थिक वर्ष ०७/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि साझाले १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको हो ।

साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १२औँ साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार साझाले गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यस्तै अन्य शीर्षकमा ३ करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, साझाको बस सञ्चालन खर्च मात्रै १३ करोड ५ लाख ६२ हजार रुपैयाँ रहेको छ । यसका साथै प्रशासनिक खर्च, ब्याज र ह्रास तथा कर गरेर कुल १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको देखिन्छ । ०७० बाट पुनः सञ्चालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा कमाएको छ । आर्थिक वर्ष ०७०र७१ मा साझाले ३ करोड ६९ लाख २३ हजार घाटा व्यहोरेको थियो । ०७१र७२ मा ७२ लाख ६८ हजार नाफा गरेको साझाले ०७२र०७३ मा पनि १ करोड ९९ लाख ७२ हजार नाफा गरेको थियो । तर, ०७३र७४ मा साझा पुनः १ करोड ८२ लाख ६५ हजार घाटामा गएको थियो ।०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् भने थप २० बस खरिद गर्ने तयारी भइरहेको अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । साझाले उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ नयाँ पत्रिका दैनिकमा खबर छ ।