उद्योग /व्यापार

गल्छीमा राजस्व संकलन गर्न ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

By धादिङ न्यूज

April 16, 2019

सदरमुकाम धादिङबेसी पछि सबैभन्दा धेरै बैक तथा वित्तिय संस्था रहेको गल्छी गाउँपालिकाको गल्छीवजारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर पनि थप भएको छ ।

धादिङको गल्छी गाँउपालिका वडा नं ७, गल्छीमा हालै मात्र संचालनमा आएको करदाता सेवा कार्यालको भवनमा बैकको एक्सटेन्सन काउण्टर खुलेका हो । अर्थमन्त्री युवराज खतिवडाबाट उद्घाटन भएको उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका देसभरि १३६ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय छन । गल्छीमा यस अघि मुक्तिनाथ , कामना सेवा , साँग्रिला , ज्योती विकास बैकका साथै बैक अफ काठमाण्डु, एनएमवि , एनआईसि एसिया लगायतका बैकहरु संचालनमा रहेका छन ।