अनलाइन / पत्रपत्रिकाबाट

जागरण अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि

By धादिङ न्यूज

April 20, 2019

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महिना सम्म गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए ।

कांग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधि खटाउँदा कांग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । कांग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।

जागरण अभियानको पहिलो चरण बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरू प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरू बस्ने जनाइएको छ ।हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने प्रथम चरणको कार्यक्रमका लागि७७ जिल्लामा खटाइएका प्रतिनिधिहरुको नाम समेत सार्वजनिक गरिएको छ ।

लौ हेर्नुहोस कुन जिल्लामा को खटिए