बद्रीप्रसाद दाहाल
पुस्तक संस्कृत भाषाबाट आएको तत्समशब्दहो । जसलाई पोथी , ग्रन्थ, किताब , पुस्त, वा आआफ्ना विचार– विषय– ज्ञान–विज्ञान आदि कुराको लिपिबध्द ठेलीभन्ने बुझाउ‘छ । पुस्तक सरस्वतीको प्रतीकभएकोले नै हामी वर्षेनि सरस्वतीको पूजागर्ने दिनअर्थात् श्रीपञ्चमी वा वसन्तपञ्चमीमा दराज र आलमारी भरी राखिएका पुस्तक, वाद्यवादन , कलम र संबन्धित उपकरणहरुको पूजा गर्दछौं । त्यसै गरी दसैंमा अर्थात् विजयादशमीको दिनपनि देवदेवीलाई राताअक्षता पु‘डो सारेपछि पुस्तकहरुलाई पनिपूजा गरेर आफ्नो मूलद्वारमा राताअक्षता सुन्दर ढङ्गले टॉस्छौं । प्रतिदिन पाञ्चायन पूजास‘गै पुस्तक अर्चना हामी सबैको दैनिकी नै हो । हाम्रो गाउ‘घरमा अझै पनि चर्को रुपमा के विश्वास छ भने जसको घरमा वेद, पुराण , रामायण , महाभारत र अन्य पुस्तकहरु छन् भने त्यो घरमा छेदभेद भाग्दछ । कालावीरदेखि अनेक रङकावीर पीर मानेर एकछिन पनि अड्न सक्तैनन् । निश्चय नै पुस्तकधनीेमाआर्जित ज्ञानको उज्यालोले अन्धविश्वास , रुढी , कुप्रथा र अनावश्यक भयबाट यसले त्राण दिई आत्मविश्वासमा प्राण भर्ने कामगर्दछ । त्यसैले त अनादिकालदेखि नै पुस्तक र यसको पठन महिमालाई सबैले मुक्त कण्ठले प्रशंसा वर्षाएका छन् । भारतका राष्टपिता महात्मागान्धी अत्यन्त अध्ययनशील थिए । उनीभन्थे —‘ पुस्तक रत्न भन्दापनि मूल्यवान् वस्तु हो , रत्नले मान्छेका बाह्य अङ्गहरुलाई चमक दिन्छ भने पुस्तकले अन्तष्करण उज्ज्वल र झलमल पारिदिन्छ । ’ नेपालका प्रसिध्द मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले आपूm सुन्दरीजल जेलमा बसेको बेला लेखेको आफ्नो जेलजर्नलमा पोखेको यो अनुभूति कथन कतिमीठो छ — ‘ घरबाट आएका किताबहरुलाई सुम्सुम्याए‘ , नयॉ किताब तरुणी हुन् , तिनलाई आपूmमा चुर्लुम्मपार्नु भन्दापहिले तिनीहरुलाई सुमसुम्याउनु पर्छ , यताउति वोल्टाई पल्टाई हेर्नु पर्छ । एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तल सम्महाल्नु पर्छ अनियसो सुङ्नु पर्छ । ’ यो बिम्बात्मन भनाइमा उनको पुस्तकपठनको पारखी पनलाई राम्ररी बुझ्न सक्छौं । यिनले त पुस्तक नियमित अध्ययनन गर्नेहरुभुत्ते हतियारजस्तै हुन्छन् त्यसैले आपूmलाई पाइन लगाउन अध्ययन अत्यावश्यक छ भनेर किटानी गरिदिएका छन् । प्रसिध्दनोवल पुरस्कार विजेताजर्ज बर्नाड शा पुस्तकका महिमागाउ‘दै कस्ता खालका पुस्तक अध्ययनका निम्ति छान्नुपर्छ भन्ने जनाउ यो उक्तिमा दिन्छन् — ‘ विचारको युध्दमा पुस्तक एक सशक्त अस्त्र हो । पढ्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । ’ यो भनाइले एकातिर पुस्तकीय आदर्शलाई उतारेको छ भने अर्कोतिर लिओ टाल्सटायको ‘ नराम्रो पुस्तकको पठन बिखजस्तै हुन्छ ।’ भन्ने गद्गारलाई आत्मसात गरेको छ । पुस्तकमा विद्यमान शक्तिलाई पारख गरेका भारतका लोकमान्य गङ्गाधर तिलकले पुस्तकको गरिमा यसरी ओकले — ‘ म नर्कमा पनि उत्तम पुस्तकको स्वागतगर्नेछु , किनकि यसमा त्यो शक्ति छ जहॉ पुस्तक छ त्यहॉ स्वतः स्वर्ग हुन्छ । त्यसैले जन्मजन्मान्तरको मित्र पुस्तक ज्ञानको असीम भण्डार पोथी , भौतिक र आध्यात्मिक समुद्रको महाग्रन्थ पुस्तकको जतनगर्दै उचित पुस्तक पठनको बानीबसाल्न सबै क्षेत्रका बुजू्रकहरु जुर्मुराउनु पर्छ । त्यसमा पनि शिक्षा क्षेत्रमा कार्यरत नीति निर्माता, योजनाविद् , प्रशासकहरु पठन संस्कृतिमा अब्बलहुनु शुभ सभ्यताको सूचकहो । झन शिक्षक , प्राध्यापक र विद्यार्थीहरु त यसबाट निरपेक्ष रहे भने त्यो डरलाग्दो अपराध हुन्छ । अतः पठन संस्कृतिको विकास गर्दै त्यसलाई अभ्यासमा पनि उतार्ने बानीबसालौं । पुस्तक सबै समय भेट हुने गुरु हुन् । समाप्तम्