रोजगारी/समृद्धि

आज बजार बन्द छ

By Dhadingnews.com

August 07, 2013

हरि खनाल

रिस गरेर पाइन्न, हाम्रो पेसा अपार छ । स्वतन्त्रता यही प्यारो, हाम्रो हात्मा बेपार छ ।। युग हो लुटने हाम्रो , हेर व्यापार मन्द छ । अनुगमन चाहिन्न, आज बजार बन्द छ  ।।१।।

चाहिने सुविधा माग, आऊ सुटुक्क पाउला । नहेर तौलने भा“डो , स“गै बसेर खाउ“ला ।। सुन पसलमा छापा, मार्नु मैं पनि  गन्ध छ । ठग्ने नै हक हो हाम्रो, आज बजार बन्द छ ।।२।।

म्याद नाघे नि के भो त, सोझा ग्राहक पर्दछन् । छिन मै चढने भाऊ, नबोली जन तिर्दछन् ।। रातसा“झ अभैm प्यारो, लुट खसोट छन्द छ । जोरी नखोज सर्कार, आज बजार बन्द छ ।।३।।

२०७० बैशाख २०