बद्रिप्रसाद दाहाल हिजो माओवादी वृत्तमा सुप्रिमो प्रचण्डलाई साइजमा ल्याउन भट्टराई , बादल र वैद्यको गठजोड अपरिहार्य भनेर निकै चर्चा चल्दथ्यो । संभवतःत्यो राजनीतिक गणित यतिखेर धेरै प्रति–सत मिलेको अनुभव भैरहेको छ । किनकि पार्टीमा हाइकमान जमाउन प्रचण्डबाहेक अरुको तागत नचलेको राम्रैसित सिध्द भयो । यसरी वैद्य र बादललाई पार्टीबाट पर्गेलेर पार्टी केन्द्रीय वृत्तमाआफै हाइहाइबन्ने दाहालको राजनीतिक चातुर्यताले उनी भूमिगत समयमा जत्तिकै शक्तिशाली बनेका छन् यतिखेर । उनलाई सन्तुलनमा ल्याउने दुइ बलशाली व्यक्तिहरु एमाओ पार्टीबाट अलग्गिएका छन् । मूलतःमाक्र्सवादी सौन्दर्य शास्त्रका उपासक , चिन्तक , प्रचण्ड लगायतका नेताका गुरु र पदीय सत्तालाई गौंण मान्ने वैद्य दर्शननिष्ठामा हुर्किएको व्यक्तित्वहो । अर्का रामबहादुर थापा – (बादल ) जो सांगठनिक कुशलताप्राप्तदक्ष संगठक भनेर दलभित्र चिनाइन्थ्यो उनी पनिआफ्नो मौलिकता राख्नसिपालु नै छन् । बाबुरामलाई कार्यदिशाबोक्ने मेधाभएका , सदाचारी र बोलेको कुरा अत्यधिक पूरा गर्ने भनिन्थ्यो , तर उनले १८ महिना प्र मं भएर यो भनाइलाई मिथ्या प्रलापसिध्द गरे । त्यसैले त यतिखेर पार्टीमाउनको साखशून्य डिग्रीमा पुगेर हलचलहुन सकेको छैन । सबभन्दा अनैतिक , पक्षपाती , फरियावादभनेछि हुरुक्कहुने , सदाचारको ढोंग रच्नखप्पिस र राष्टघातमा सबै अगुवालाई जित्ने भ्रष्ट शासकको क्षुद्र पहिचान बनाएकाले उनको सक्कली रुप हरेक नेपालीलाई कण्ठै भै सक्यो । त्यसैले त प्रचण्डले पार्टीमाएक्लै खुट्टो घुमाउने अवसर पाइरहेका छन् ।
यतिखेर वैद्य माओवादीले कम्रेड माओको भनाइ ‘ सिध्दान्तविनाको व्यवहार अन्धो हुन्छ , व्य–वहारविनाको सिध्दान्त लङ्गडो हुन्छ । ’ भन्ने अकाट्य उक्तिलाई काटेर समयको पदचापलाई सुन्न सकिराखे–को छैन । सङ्गीन संक्रमणको यो बेला देशमा निर्वाचन बाहेक निकासको अर्को उपाय नभएको बुझ्दाबुझ्दै पनि त्यसबाट भाग्न यो समूहले गरेको बालहठ उदेकलाग्दै छ । उनीहरुले राखेका मागहरुलाई हदैसम्म ल–चिलो भएर सरकार र चार दल प्रस्तुतहुने अठोट गर्दा गर्दै पनि वार्तामा भागलिएर बृहत् गोलमेचमार्फत आफ्नो भूमिका प्रदर्शन गर्नबाट पर हट्नु माओले भनेझैं व्यवहारबिनाको सैध्दान्तिक जडसूत्रता हो । वास्तवमा फ्रेममा सजाइने सिध्दान्त भन्दा व्यवहारमा आस्वाद्य लाग्ने कुरा नै जनताका हार्दिक मित्रहुन सक्छन् ।व्यवहा–रपरक राजनीतिलाई संवरण गरेर दलदर्ता गराई जनताको घरदैलोमा पुग्न बीमाओवादीले विलम्बगर्नु उनीहरु कै लागि घाटा हो । वीमाओबादीले जतिसुकै जनक्रान्तिको ढ्वॉस पछारे पनिएक्काईसौं शताब्दीबीसौं शताब्दीतिर वोर्लनेवाला छैन । वैश्विकग्रामको यो समयमाएउटा विपन्न देशको जिम्मेदार नेताहरुले आफ्नो राष्टिय स्वार्थलाई नहेरी झर्रा शब्दमा सहयोगीमित्र राष्टहरुलाई आक्षेप र जुगुप्सा छेप्ने क्षुद्रता बीमाओवादीको अशिष्टताकै द्योतकहो । छिमेकी अझविशेष गरेर भारत अनिमहाशक्ति र शक्ति राष्टहरु–माथि सीमातीत सत्तोसरापभित्र राष्टियताको सुगन्धितपूmल फुल्छ भन्नु भुलमात्रहो ।
यतिखेर बीमाओवादी केन्द्रीय स्तरमावार्ता र स्थानीय स्तरमा बहिष्कारको आन्दोलन स‘गस‘गै लैजाने कार्यनीति बनाएर हिंडेको छ । उनीहरुको दाबी छ — ‘राष्टिय स्वाधीनता सहितको संघीय गणतन्त्र–को पक्षमामाहोल बनाउनआपूmहरुले अलग— अलग दुइ कार्यनीति लिएर दुबै मोर्चाबाट संघर्ष थालनी गरेको हो । मूलतःवार्तामा एक चैतको बाधा अड्काउफुकाउ आदेशको खारेजी , खिलराज नेतृत्वको सर–कारको बर्खास्तगी , सर्बपक्षीय राजनीतिक सभा , त्यही सभामार्फत दलहरुको नेतृत्वमा राष्टिय सरकार , संवि–धानको अन्तरवस्तुको छिनोफानो जस्ता मुद्दाहरु सघन रुपमा उठान गर्ने लक्ष्य राखेको छ ।जनआकर्षण गर्न उनीहरुले राष्टियतालाई ढाल बनाइरहेका छन् । उनीहरुको भनाइमायतिखेरकाचार दललगायत केहीअन्यदललोकतन्त्रको नाममा नेपाललाई सिक्किमीकरण गर्ने , विदेशी सत्ता र स्वार्थ सुदृढ गर्न मात्रनिर्वाचनको नौ– टङ्की रचिएको हु‘दा केन्द्रीय र स्थानीय स्तरमादुइ प्रकृतिको मोर्चा बनाइएको हो भन्दछन् । यसरी विरो–धाभाषपूर्ण कार्यनीतिअपनाएर बीमाओवादी क्रमसःआफ्नो साखलाई अवरोहणतिर ध‘केलिरहेको छ ।
बुज्रुकविश्लेषकहरु भन्छन् — ‘ चीन , अमेरिका , भारत , युरोपियन देशहरुलाई आफ्नो अनुकूल र प्रतिकूल आधारमा श्लील– अश्लील गालीगलोजले राष्टियताको संभरण र संरक्षण हुने होइन । वास्तवमा राष्टिय हितको संरक्षण र संवर्धन नै राष्टियताको बिम्बहो । राष्टिय हितको संरक्षण व्यक्तिनिष्ठ भएर हैन वस्तुनिष्ठ भएर गर्नुपर्छ । आवेग ,आक्रोश र ऊग्र नारा राष्टियताका सुरक्षा गार्ड होइनन् । नेपालको सन्दर्भमा राष्टवादलाई सबल बनाउन जलस्रोत र पर्यटनको विकास अपरिहार्य पक्षहुन् । ’ त्यसैले त जननायकबीपीले भने —‘राष्टियता माटो र ढुङ्गो होइन जनता हो । ’ पण्डित नेहरुले अझजोड दिंदै बोले ‘ राष्टियताको अर्थ हो देशमा एकताहुनु , देशभरका जनता आपूmलाई एक परिवार संझियून् , जहॉ जात, जाति , धर्म , नश्लमा विविधता भएनि सबैले एक परिवार संझन सकून् । ’ यसरी राष्टियताका मामिलामा सबै निजी पक्षहरु गौंण हुनुपर्दछ । राष्टिय शक्तिकेन्द्रहरुलाई हिलो छेपेर आफ्नो सानो टुकडीमात्र राष्टियताको पहरेदार सोच्नु वैद्य पक्षको कूपमण्डूकता सिबाय केही होइन । नेपालका नेताहरुले सहमतिको जगमा टेकेर सहमतिकै खिल्ली उ‘डाएको दशक हुनलागि सक्यो । सहमतिलाई अमूर्त , भावनात्मक र अभीप्सापरक मात्र बनाएर हु‘दैन । यसलाई त अभ्यासमूलक एवं कार्यान्वयन परक बनाउनु मै सार्थकता हुन्छ ।
नीतिमा भनिएको छ — ‘ उपायविजयं श्रेष्ठ , आहुर्भेदेन मध्यमम् । जघन्य एषविषयो , यो युध्देन विशाम्ंपते ।। ’ अर्थात् प्रेमले जित्नु उत्तमहो भने भेदले विजयप्राप्तगर्नु मध्यम ठहर्छ , लडाइ‘ गरेरै जित्नखोज्नु अधमवा तुच्छ हो । यो कथनलाई वैद्यजस्ताद्वन्द्ववादीवामन्थनवादीले विवेक पु¥याउन जरुरी छ यो बेला । यतिलामो समय सम्म जनता र देशको नाममा राजनीति गरेको गर्व गर्ने वैद्यले कथित जनयुध्दका सत्रहजार सहिदको आत्मालाई हेक्कागर्न होसियार हुनैपर्छ । मात्र जडसूत्रवादी , कठमुल्ला संस्कृति र एकलकाटे सोचले वर्तमान संक्रमण पार लाग्नेवाला छैन । ‘सयौं पूmलहरु फुल्न देऊ’भन्ने स्वयं माओको कथनभित्रबहुलवादको आमन्त्रणा भेट्टाइन्न र ? यसैले दोश्रो संविधानसभाको निर्वाचनलाई उपयोग गरी एतत्कालीनजनचाहनालाई कदर गर्ने दिशातिर वार्तालाई केन्द्रित गराउनु वैद्यको अब्बलउपचार अभियानहो । भन्छन् — ‘ विचारको अजीर्ण’ भोजनको अजीर्णभन्दा धेरै नराम्रो हुन्छ , किनकि ‘ भोजनको अजीर्ण ’ –को त औषधि हुन्छ तर विचारअजीर्णको यो संसारमाऔषधि नै छैन यसले त आत्मालाई हानि पु¥याउ‘छ । चार दलहरुको लचकता , सरकारको सुझबुझ , मित्र राष्टहरुको चुनाबहुन सकोस् भन्ने सदिच्छा र जनताको निर्वाचनप्रतिको सकारात्मकझुकाब सबैलाई विश्लेषण गरेर कालिकयथार्थमाजानु बीमाओवादीको राजनीतिक साखजिंउ‘दो बनाउनु हो । अनिचार दल र सरकार पनिनिर्वाचनको विपक्षमा रहेकादलहरुकामागहरु संबो–धनगर्न कन्जुस्याइ‘ नगरी मूर्त सहमतिकायम गरेर जनताका ताजा अभिमत लिन विलम्बन गर्नु अहिलेको राष्टिय आवश्यकताहो भन्ने सुचेतनामा पुगून् । राष्टिय सहमतिमै चुनाबी यज्ञ निष्पन्नहुन सक्छ । अन्यथा वीमाओवादीको राजनीतिक ऐश्वर्य गुम्ने मात्र नभएर देशकै अखण्डतामा कालो बादल मडारिने निश्चित छ । समाप्तम्