हाम्रो पालिका

बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार

By Dhadingnews.com

August 08, 2013

धादिङ । एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ढोला गाविस-९ का ४५ वर्षीय दामोदर दुवाडलाई साउन २३ गते साँझ स्थानीयको सहयोगमा प्रहरीले गिरफ्तार गरेको छ । बालिका साउन २३ गते गोठालो गएको बेला दुवाडीले बलात्कार गरेको आरोपमा पीडितका परिवारले प्रहरीलाई खबर गरेपछि कारबाहीका लागि अभियुक्तलाई प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनायो । पीडितको स्वास्थ्य परीक्षण घटना घटेकै दिन जिल्ला अस्पताल धादिङमा भएको छ । पीडितको जाहेरीका आधारमा आरोपित दुवाडीलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । पीडित परिवारले साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । सीताराम अधिकारी