कभर फोटो

नेपाल एम्बुलेन्स सेवा र सीसीएमसी बीच साझेदारी

By धादिङ न्यूज

April 08, 2020

काठमाडौं- कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितकाे उपस्थितिमा भएको हो ।

सीसीएमसीका संयोजक सचिव  लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष  रञ्जीत आचार्यले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख  नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।