कभर फोटो

धादिङका युवकको स्वास्थ्यमा सुधार, कोरोना रिपोर्ट पोजेटिभ

By धादिङ न्यूज

April 21, 2020

धादिङ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डवजङका  युवकको स्वास्थ्य परीक्षण रिपोर्ट फेरि पनि पोजेटिभ आएको छ। उनि चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए। दुबईबाट आएका ती युवकको रिपोर्ट फेरि पोजेटिभ आएपछि उपचार जारी रहेको छ।

डिस्चार्ज तयारीका साथ पछिल्लोपटक गरिएको स्वाब परीक्षणको रिपोर्ट ‘त्यति राम्रो’ नआएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए। उनका अनुसार आज फेरि स्वाब परीक्षण लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। तर उनको स्वास्थ्यमा भने सुधार हुँदै गएको राजभण्डारीले बताए।

स्वास्थ्य राम्रो हुँदै गएकाले अन्य कोरोना संक्रमित बिरामलाई डिस्चार्ज गरे जस्तै उनको पनि ७२ घण्टाभित्र दुईपटक परीक्षण गर्दैछौ, राजभण्डारीले भने, ती दुवैको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस हटिसकेको आएमा डिस्चार्ज गर्छौँ । तर उनको हिजोको रिपोर्ट राम्नो आएको छैन।

आज फेरि परीक्षणमा पठाएका छौँ। यसअघि त्यही अस्पतालमा उपचाररत काठमाडौंकै १९ वर्षीया युवती कोरोना संक्रमण निको भएर आइतबार मात्रै घर फर्किसकेकी छन्। अहिले टेकु अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीमा धादिङका ३२ वर्षीय युवक मात्रै बाँकी छन्। उनमा रोगका सबै लक्षण हटिसके पनि हिजोको रिपोर्ट‍ पोजेटिभ आएपछि पुनस्परीक्षणका लागि पठाइएको हो। भोलिसम्ममा रिपोर्ट नेगेटिभ आएमा उनलाई डिस्चार्ज तयारी गर‍िएको छ। ‘हिजोको रिपोर्ट खासै राम्रो आएनु, उनले भने, त्यही भर आज फेरि पठाएका छौँ। त्यसको रिपोर्ट आएपछि थप निर्णय लिने छौं।