कभर फोटो

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

By धादिङ न्यूज

June 02, 2020

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले ३८ हप्ते गर्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

गौतमका अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण भएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो आज संक्रमण पुष्टि भयो डाक्टर गौतमले भन्नुभयो ज्वरो आएको बिरामी भएकाले भर्ना भएदेखि नै हामीले पूर्ण सावधानी अपनाई उहाँलाई छुट्टै कक्षमा राखी उपचार गरेका थियौ ।

गर्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको उहाँले बताउनुभयो ।