(भस्मासुरको वज्र) बद्रीप्रसाद दाहाल,
मात्रै ‘ढाल’ बनाई देश—जनता , लुट्छौं भकुर्छौं धन । हाम्राधूर्त—चलाखचाकर हु‘दा , हल्लिन्न ंिसंहासन ।। पैसा नै बल—बुध्दि–शुध्दि सुखको , सोपानहो आखिर । पैसा नै पद वंश—गौरव हुने , संमानहो आखिर ।।१।।
पैसाले जन–भावनामतकयौं , मोडिन्छ तोडिन्छ रे । पैसामै नव–सिर्जना र रचना , जोडिन्छ जोडिन्छ रे ।। दोषी–कूट अगस्तिशिष्ट रसिला , सन्तुष्ट झैं देखिने । दम्भीकंश–प्रवृत्तिशोषक सधैं , श्रीकृष्ण झैं लेखिने ।।२।।
कस्तो शक्तिअचम्मजादु धनको , संसारकै तेज हो । मक्किन्छन् कति ‘वाद–दर्शन’यहॉ , पैसा ठुलो क्रेज हो ।। लत्रन्छन् धनवाद मै जगतका , सिध्दान्त— आन्दोलन । अग्ला —स्वप्न सुदूर — लोचन मरे , पैसाविनाहर्दम ।।३।।
जे–जे मिश्रणवाद छन् अझनयॉ, चक्लेटी संश्लेषण । हॉस्छन् तीधनवाद टोनिकपिई , स्वार्थी— अ‘ध्यारा गण ।। उर्जा हो धनवाद ‘ढाल’ दलको, सत्तालिने यन्त्रहो । पुर्जा नंबरी हुन्छ यो मुलुकनै , सत्तालिने मन्त्रहो ।।४।।
व्याख्याकार प्रवीण चिन्तककयौं , घुक्छन् धनै पाउ‘दा । हिंसाचार अपार बाहु–बलिया , झुक्छन् धनै पाउ‘दा ।। रम्भामोहकउर्वशी बस परी , पैसा भए आउ‘छन् । के वैज्ञानिक ?वैद्य — डक्टर सबै , पैसा भए धॉउछन् ।।५।।
गद्दी स्वागत गर्छ —भर्छ जनताचर्का प्रशंसा अति । जिन्दावाद ! चिरायु ! –मा जुलुसका , गुन्जन्छ नारा कति?।। आऊ ए धनवादकापछि सबै , यै हव्यवाकव्यहो । गाऊगीत—कथा रमुक्तककवि ! पैसा महाकाव्यहो ।।६।।
समाप्तम्