कभर फोटो

राष्ट्रपतिद्धारा प्रतिनिधि सभा बिघटन, २०७८ बैशाखमा मध्यावधी निर्वाचन

By धादिङ न्यूज

December 20, 2020

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टी भित्रैबाट घेराबन्दीमा पारेर सरकारको कुनै पनि निर्णय कार्यान्वयन गर्न नदिई अनावश्यक हस्तक्षेप हुने क्रम बढ्दै गएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर प्रतिनिधि सभा बिघटनको कठोर निर्णय लिनु भएको छ । आईतबार विहान बसेको मन्त्री परिषद बैठकले प्रतिनिधि सभा बिघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको लागि मिति तोक्नु भएको छ ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्ति अनुसार २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी अहिलेको प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति तोकिएको हो ।

संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई टेकेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस सदर गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयले संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यता तथा नेपालको आफ्नै संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम सो कदम चालेको प्रष्ट पारेको छ ।