कभर फोटो

देशभरमा २४ घण्टामा ५ सय जना संक्रमित थपिए

By धादिङ न्यूज

December 26, 2020

धादिङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको जानकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ५०० जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ रहेका छन् । त्यस्तै, प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशको काठमाडौं २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रोल्पामा १, र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा सो अवधिमा कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जनामा कोरोना पुष्टि भएको छ ।