राष्ट्रिय समाचार

मतदाता नामावलीमा नाम दर्ताको समय थपियो,भदौ १ देखि ७ गतेसम्म नाम दर्ताका लागि समय

By Dhadingnews.com

August 15, 2013

काठमाडौ /  मंसिर ४ मा हुने भनिएको संबिधान सभाको निर्वाचनको मिती पर सर्ने सकेत देखा परिरहेको बेला निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सात दिनको समय थप भएको छ । भदौ १ देखि ७ गतेसम्म नाम दर्ताका लागि समय दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता वीरवहादुर राईले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिकामा कुनै असर नपर्ने गरी सात दिनको समय दिने निर्णय भएको आयोगले जनाएको छ । सात दिनमा फोटो सहितको नाम दर्ता गर्न छुट भएकालाई नाम लेखाउन आयोगले आग्रह गरेको छ । उच्चस्तरिय राजनीतिक समितिले फोटो सहितको नाम दर्ता गर्न छुट भएकाका लागि १५ दिनको समय दिन निर्वाचन आयोगसँग आग्रह गरेको थियो । यस्तै आयोगले देशव्यापी रुपमा निर्वाचन शिक्षा तालिम अभियान शुरु गरेको छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनावका लागि सबै मतदातालाई शिक्षित र जागरुक तुल्याउने उद्देश्यले अभियान शुरु गरिएको आयोगले जनाएको छ ।