महिला तथा बालबलिका

मैदीमा जनचेतना कार्यक्रम

By Dhadingnews.com

August 18, 2013

मैदी । मैदी गाउँ विकास समिति वडा न. ८ काफलस्वाँरमा शनिबार एक दिने मानव बेचविखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जगतज्योती सामुदायिक विकास समाज जेड्स नेपाल र युनाईटेड मिसन टु धादिङ क्लष्टरको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीय ३५ जना महिलाहरुको सहभागीता रहेको थियो । शिवशक्ति महिला समुहकी अध्यक्ष सावित्रा पुरीको अध्यक्षता रहेको कार्यक्रममा मानव बेचविखन अवस्था, समाधानको उपायहरुको बारेमा छलफल भएको थियो । पछिल्लो समय विभिन्न बहाना बनाएर मानव बेचविखन भैरहेको भन्दै त्यसको न्युनीकरणको लागी यस्तो प्रकारको कार्यक्रम सञ्चालन गरिएको समूहकी अध्यक्ष पूरीले बताउनुभयो ।